रोल्पा जीप दुर्घटनाको छानबिन गर्न चार सदस्यीय समिति गठन – Kanika Khabar
Friday, May 1Nepali News Portal

रोल्पा जीप दुर्घटनाको छानबिन गर्न चार सदस्यीय समिति गठन

    मा प्रकाशित

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ मा भएको जीप दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

विहिबार मन्त्रालयले सचिवस्तरको निर्णयाबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको जनाएको हो ।

छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिएकी छन् ।

समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई दुर्घटनाको कारण तथा लापरबाही र कमजोरी पत्ता लगाई तथा आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिने कार्यादेश दिइएको छ ।

रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप विहिबार अपराह्न सडकबाट करिब आठ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको थियो ।

 

Single Image

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्