लमजुङमा भाँडा पसलबाट अवैध रुपमा पेट्रोलियम पदार्थ बिक्री – Kanika Khabar
Monday, July 14Nepali News Portal

लमजुङमा भाँडा पसलबाट अवैध रुपमा पेट्रोलियम पदार्थ बिक्री

    मा प्रकाशित

कनिका खबर
असोज १०, लमजुङ
लमजुङमा अवैध रुपमा पेट्रोलियम पदार्थ विक्री वितरण गरेको पाइएको छ । जिल्लाको उदिपुरको भाँडा पसल र सुन्दरबजारको सप्लायर्सले पेट्रोल र डिजेल विक्रीवितरण गरेको पाइएको हो । जिल्ला प्रशासन कार्यालयले हिजो बेंसीसहर नगरपालिका, १ उदिपुरको गुरुङ भाँडा पसल र सुन्दरबजार नगरपालिका ६ को क्याम्पस गेटमा रहेको आदिवासी सप्लायर्समा अवैध रुपमा पेट्रोलियम पदार्थ विक्री वितरण गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताउनुभयो । उहाँका अनुसार उदीपुरको भाँडा पसलबाट ३५ लिटरको ४ ग्यालिन पेट्रोल, १ लिटरको ७ वटा मिनिरल वाटरको बोतलमा भरेर विक्रीका लागि राखिएको पेट्रोल गरी करिब १ सय ४७ लिटर पेट्रोल बरामद गरिएको छ । सुन्दरबजारको सप्लायर्सबाट डिजेल करिब २ सय १० लिटर, ४३ लिटर पेट्रोल बरामद गरिएको सहायक प्रजिअ शाहीले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्