परराष्टमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन – Kanika Khabar
Monday, July 14Nepali News Portal

परराष्टमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन

    मा प्रकाशित

कनिका खबर
असोज १०, सुर्खेत
परराष्टमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानले सीमा मिचिएको विषयमा सरकारको तर्फबाट दिएको प्रष्टीकरण आपत्तिजन भन्दै राजीनामा मागसहित प्रदर्शन गरेको हो ।

सुर्खेतको बीरेन्द्रनगरमा भएको प्रदर्शनमा सहभागीले सीमा अतिक्रमण बन्द गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली भूमिबाट चिनियाँ फिर्ता जाउ, सोझो नेपालीसँग छलछाम बन्द गर लगायतका नारा लगाएका थिए ।

उनीहरुले ‘गो ब्याक चाइना’, नेपाल आमाको जय, राष्ट्रिय एकता अभियान जिन्दावादका नारा लगाएको स्थानीयले बताएका छन् ।

२ जना पक्राउ

प्रदर्शनमा उत्रिएका २ जना पक्राउ परेका छन् । हुम्ला जिल्लाको भूमि चीनले मिचेको विरोधमा राष्ट्रिय एकता अभियानले गरेको प्रदर्शनका क्रममा अभियानका दुई जना पक्राउ परेका हुन् । अभियन्ता लेखक गौतम र प्रवेश सुनुवारलाई प्रहरीले पक्राउ गरेको अभियानका केन्द्रीय संयोजक विनय यादवले जानकारी दिए ।

उनले भने,’ शन्तिपूर्ण आन्दोलनमा पनि प्रहरीले दमन गरेको छ । यो सरासर गलत हो, हाम्रा अभियन्तालाइ प्रहरीले तत्काल नछाडे कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’

पक्राउ परेका अभियन्तालाई तत्काल रिहा गर्न पनि उनले माग गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्