सीमा सुरक्षा स्थानीय बासिन्दाबाट झन् प्रभावकारी रुपमा गर्न सकिने गृहमन्त्रीको भनाइ – Kanika Khabar
Friday, May 16Nepali News Portal

सीमा सुरक्षा स्थानीय बासिन्दाबाट झन् प्रभावकारी रुपमा गर्न सकिने गृहमन्त्रीको भनाइ

    मा प्रकाशित

कनिका खबर
असोज १०, काठमाडौं
गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मी बाट भन्दा स्थानीय बासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताउनुभएको छ । दार्चुलाको खलंगामा आयोजित पत्रकार सम्मेलनमा उहाँले सीमाको रक्षा सरकारले मात्र गर्न नसक्ने सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्ने बताउनुभयो । सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्नसकेमात्रै सीमा बलियो हुनसक्ने उहाँको भनाइ छ । दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको पनि बताउनुभयो । उहाँँले यो क्षेत्र पर्यटनको ठूलो सम्भावना समेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । गृहमन्त्री थापाले यो क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्