कनिका खबर
असोज १०, भक्तपुर
भक्तपुर नगरपालिकाले नगरभित्रका कोरोना सङ्क्रमितका लागि आजदेखि सुविधा सम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । होम आइसोलेशनमा बस्न सम्भव नभएका सङ्क्रमितलाई ध्यानमा राखेर आजदेखि भक्तपुर ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा ७५ शय्याको सुविधासम्पन्न आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले सञ्चालनमा ल्याएकोे आइसोलेसन केन्द्रको माथिल्लो तल्ला महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष र पहिलो तल्लामा जोखिम वर्गका सङ्क्रमित राख्ने व्यवस्थापन मिलाइएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरभित्र अहिलेसम्म ४सय ५५ जनालाई सक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २ सय २ जना होम आइसोलेसनमा छन् भने ६९ जना अस्पतालमा उपचाररत रहेका छन् । आइसोलेसन केन्द्रलाई आवश्यक जनशक्ति तथा व्यवस्थापन नगरले गर्ने नगरप्रमुख प्रजापतिले जानकारी दिनुभयो । आइसोलेसन केन्द्रमा ३ जना नर्स नियमित ड्युटीमा हुने र दिनमा दुई पटक डाक्टरले राउन्ड लगाउने उहाँले बताउनुभयो ।
मा प्रकाशित