कारागारमा कोरोना कहर, कैदी भन्छन्ःअवस्था भयावह बन्दैछ – Kanika Khabar
Friday, April 26Nepali News Portal

कारागारमा कोरोना कहर, कैदी भन्छन्ःअवस्था भयावह बन्दैछ

    मा प्रकाशित

कनिका खबर
असोज १०, झापा
जिल्ला कारागार कार्यालय झापामा असोज ६ गते पहिलो पटक कोरोना भेटियो । असोज ४ गते कारागारमा आएका थुनुवाको स्वाब संकलन गरि पीसीआर परीक्षण गर्दा असोज ६ गते कोरोना सङ्क्रमण भएको नतिजा आयो । सङ्क्रमितको सम्पर्कमा आएका संभावित कैदीहरुको पुनः स्वाब संकलन गर्दा नमुना दिएका जति सबैको पीसीआर पोजेटिभ आयो । योसंगै कारागारमा कोरोनाको सङ्क्रमण भुषको आगो जस्तै भित्रभित्रै सल्किरहेको आकलन गरिएको छ । कारागारका आन्तरिक प्रशासन प्रमुख मोहन धितालका अनुसार कारागारका कैदीबन्दि, कर्मचारी तथा सुरक्षाकर्मीगरी १७ जनाको स्वाब संकलन गरिएको थियो । जसमा हिजो आएको पीसीआर रिपोर्टमा १० जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमित मध्ये ६ पुरुष र १ महिला गरी ७ कैदी, १ कार्यालय सहयोगी र २ जना सुरक्षाकर्मी रहेका छन् । धितालका अनुसार ३५० क्षमताको कारागारमा १ हजार ६१ पुरुष र ८२ महिला गरी ११४३ जम्मा कैदी छन् । कारागारमा क्षमता भन्दा तेब्बरबढी संख्यामा कैदीबन्दि रहेका छन्, धितालले भन्नु भयो– ‘कारागारमा सामाजिक दुरीको त कुरै छाडौं, ठाउँको अभावमा छड्के परेर सुत्नु पर्ने अवस्था छ । खानाबस्न, शौचालय देखि हरेका कुरा एउटै प्रयोग गर्नु पर्छ । प्रशासन प्रमुख नाइके धितालका अनुसार ११ सयबढी कैदी मध्ये अहिले ५,६ सय कैदीलाई रुघाखोकी छ । जुन कोरोनाको लक्षणको रुपमा हेर्न थालिएको छ । कारागारमा ५० बर्ष माथिका २ सय ५० कैदी छन् । त्यस्तै अन्य रोगीहरुमा मुटु रोगी १५ जना, क्षयरोगका २० जना, मधुमेह रोगी ३५ जना, दमका ४४ जना, एचआइभी सङ्क्रमित ४ जना र ४० बढी मानसिक रोगीहरु छन् । कोरोनाको सङ्क्रमण भएमा दीर्घ रोगीको अवस्था भयावह हुने देखिन्छ । कारागार प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार कन्ट्याक ट्रेसिङमार्फत अन्य संभावित सङ्क्रमितहरुको पीसीआर परीक्षण गरिने छ । बढ्दो सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै कारागार भित्रै आइसोलेशन कक्ष निर्माण गर्ने तयारी भई रहेको कारागार प्रमुख गौतमले बताउनु भयो । अहिले सम्मका सङ्क्रमितलाई मेची अञ्चल अस्पताल भद्रपुरस्थित आइसोलेशन कक्षमा राखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्