आज दाङकाे लमहीमा थप ११ जनामा काेराेना पुष्टि – Kanika Khabar
Friday, April 26Nepali News Portal

आज दाङकाे लमहीमा थप ११ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

कनिका खबर

असाेज १०, दाङ ।

लमहीमा आज शनिवार ११ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा लमहीको नेत्रलाल स्मृति भवनको क्वारेन्टिनमा बसेका ६ जना र लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट कम्पनीका ५ जना कामदार रहेको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले बताए ।

संक्रमित हुनेमा लमही नगरपालिका वडा नम्बर १ का एक जना पुरुष, वडा नम्बर ३ का एक जना महिला र दुई जना पुरुष, वडा नम्बर ६ का दुई जना महिला रहेका छन । ६ दिन अघि भारत बाट सम्राट सिमेन्ट कम्पनीमा काम गर्न आएका भारतीय कामदारमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै नेत्रलाल स्मृति प्रतिष्ठानमा बसेकाहरु पनि केहि दिन अघि कामको सिलसिलामा भारत गएर फर्किएका हुन । कोरोना संक्रमित हुनेहरु दुई वर्ष देखि लिएर पचास वर्षका रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । अहिले सम्म लमही नगरपालिकामा ६७ जनामा कोरोना पुष्टि भएको छ भने ३८ जना निको भएर घर फर्की सकेका छन । सक्रिय संक्रमितको संख्या २९ जना रहेको छ । भारत बाट काम गरि फर्कीएकाहरु सुनडबरी सम्म गाडी रिजर्भ गरेर आएका थिए भने त्यहाँ बाट लमही आउदा अन्य गाडी प्रयोग गरेर आएको खुल्न आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्