विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस कोरोना सङ्क्रमित – Kanika Khabar
Friday, April 17Nepali News Portal

विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असोज ११, दाङ
कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । आज विहानसम्म ९ लाख ९८ हजार २ सय ७६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । विश्वभरका सङ्क्रमितमध्ये २ करोड ४४ लाख कोरोना सङ्क्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा थप २ लाख ९३ हजार ८ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये ५ हजार २ सय ९७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्