मा प्रकाशित
काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का निर्वाचित भएका छन् ।
समितिको आज बसेको बैठकले सभापति पदमा खड्कालाई निर्वाचित गरियोस भन्ने एक मात्रै प्रस्ताव परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
सभापति पदका लागि कांग्रेस सांसद खड्काले बिहीबार मनोनयन दर्ता गराएका थिए । उनलाई सत्तारुढ दल रास्वपासहित एमाले र नेकपाले समर्थन गरेका थिए ।


