डा. केसीको जीवन रक्षा गर्न माग – Kanika Khabar
Sunday, April 20Nepali News Portal

डा. केसीको जीवन रक्षा गर्न माग

    मा प्रकाशित

कनिका खबर
असोज ११, काठमाडौं
चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि भन्दै अनशनमा रहनुभएका प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्न विभिन्न संघ संस्था तथा नागरिक अगुवाहरुले सरकारसँग अपिल गरेका छन् । आज एक संयुक्त अपिल सार्वजनिक गर्दै भदौं २९ मा जुम्लाबाट १९ औं अनशन थाल्नु भएका डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएकाले कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । डा. केसीका बारे जारी अपिलमा भनिएको छ –‘तर पटक पटक आमरण अनशन बसिरहनु भएका डा. केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको चिकित्सकहरुले बताउँदै आएका छन् भने अर्का तिर हालको कोरोना महामारीबाट हुनसक्ने जोखिमबाट जोगाउनु पनि राज्यको कर्तव्य हुन आउँछ । डा. केसीको स्वास्थ्य अवस्था त्यहीं कमजोर बनेर असोज ६ गते काठमाडौं ल्याइएको तथ्य जान्दाजान्दै, अर्को एक साता बित्दासम्म पनि सरकारले चासो नदिएको भन्दै नागरिक अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्