सुनकोसीमा ५० भन्दा बढी बाख्रा मरे – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सुनकोसीमा ५० भन्दा बढी बाख्रा मरे

    मा प्रकाशित

कनिका खबर
असोज ११, सिन्धुपाल्चोक
सुनकोसी गाउँपालिका ७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । धमाधम बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो दुई साताकाबीच ५० भन्दा बढि बाख्रा मरिसकेको र बाख्रा मर्ने क्रम नरोकीएको स्थानीय सानु तिमल्सिनाले बताउनुभयो । कतिपयको त खोर नै रित्तिएको छ, तिमल्सिनाले भन्नुभयो, –‘गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै नदिएको र पीपीआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उहाँले सुनाउँनुभयो । सुनकोसी गाउापालिकाले सबै वडामा गरि ९ जना गाउँ प्रहरी राखेको छ । तर किसानका बाख्रा धमाधम मरिरहँदा औषधी उपचारमा दक्ष चिकित्शक खटाउन सकेको छैन । गाउँपालिकाको पशु सेवा शाखामा एकजना मात्र कर्मचारी छन् । पछिल्लो दुई सातामा कापिङमा स्थानीय सिताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना र अनिता तिमल्सिना र अन्यको गरि ४० बढि बाख्रा मरेको छ । स्थानीयले पशु चिकित्शक पठाइदिन पटक,पटक आग्रह गरेपछि सुनकोसी गाउँपालिकाले बनेपाबाट २ जना चिकित्शक झिकाएर रोग परीक्षणका लागी पात्ले, कापिङ क्षेत्रमा पठाएको तिमल्सिनाले बताउनुभयो । परिक्षण गर्दा रोग पहिचान नभएको र पीपीआरसँग मिल्दो लक्षण देखिएको सुनकोसी गाउँपालिका पशु सेवा शाखाका रामचन्द्र जिसीले बताउँनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्