चीनको एक कोइला खानीमा ग्याँसका बिस्फोटका कारण कम्तीमा १६ जना मजदुरको मृत्यु – Kanika Khabar
Thursday, June 11Nepali News Portal

चीनको एक कोइला खानीमा ग्याँसका बिस्फोटका कारण कम्तीमा १६ जना मजदुरको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ११, दाङ
चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीका अनुसार सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र जसका कारण ती मजदुरहरुको भाग्न नसकेर च्यापिएर मृत्यु भएको हो । आज बिहान सो दुर्घटना भएको थियो । दुर्घटनामा अरु पनि मजदुरहरु परेको हुन सक्ने अनुमान गरि खोजी कार्य जारी राखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्