कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा १० लाख मानिसको मृत्यु – Kanika Khabar
Thursday, May 15Nepali News Portal

कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा १० लाख मानिसको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज १२, दाङ
कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा १० लाख मानिसको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ८ सय ५२ पुगेको छ । पछिल्ला विवरणहरु अनुसार सोमवार बिहानसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वमा ३ करोड ३२ लाख ९७ हजार ५ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजारभन्दा बढी सङ्क्रमितहरु थपिएका छन् । विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ । यो रिपोर्ट तयार पार्दासम्म अमेरिकामा ७३ लाख २० हजार ६ सय जना संक्रमित पुगेका छन् भने पछिल्लो २४ घण्टामा ३३ हजार संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण २ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने पछिल्लो २४ घण्टामा २ सय ७६ जनाले ज्यान गुमाएका छन् । यहाँ कोरोना संक्रमणपछि निको हुनेको सङ्ख्या ४५ लाख ६० हजार पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्