राजस्थानको दोस्रो जित, पञ्जाब चार विकेटले पराजित – Kanika Khabar
Sunday, May 28Nepali News Portal

राजस्थानको दोस्रो जित, पञ्जाब चार विकेटले पराजित

    मा प्रकाशित

कनिका खबर
असोज १२, दाङ
राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । सारजाहमा गयराति किङ्स इलाभेन पन्जाबलाई विकेटले ४ पराजित गर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको हो । सारजाह क्रिकेट मैदानमा पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो । राजस्थानको यो कीर्तिमानी जित समेत हो । आईपीएलको इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पुरा गरेको यो सर्वाधिक ठूलो योगफल हो । राजस्थानको जितमा सन्जु सामसनले ८५ रनको बनाउँदा, राहुल टेवटियाले ५३ रन तथा कप्तान स्टिभ स्मिथले ५० रन बनाउनुभयो । पन्जाबका मोहमद शामीले ३ विकेट लिनुभयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । पन्जाबको फराकिलो स्कोरमा मायांक अग्रवालले १ सय ६ रन बनाउनुभयो । आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बन्नुभएका मायांकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गर्नुभयो । कप्तान केएल राहुलको ब्याटबाट ६९ रन निस्कियो । जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । पन्जाबको यो दोस्रो हार हो । तेस्रो स्थानको पन्जाबले २ खेलमा २ अंक जोडेको छ । आईपीएल क्रिकेटमा आज रोयस च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्स् बीच प्रतिस्पर्धा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्