मेक्सिकोको एक रेष्टुरेन्टमा गोली प्रहार, ११ जनाको हत्या – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मेक्सिकोको एक रेष्टुरेन्टमा गोली प्रहार, ११ जनाको हत्या

    मा प्रकाशित

एजेन्सी-

मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका थिए ।

मोटरसाइकलमा अकस्मात ठूलो संख्यामा आएका ती बन्दुकधारीहरुले गोली हानेर ती व्यक्तिहरुको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले रेष्टुरेन्ट भित्र छिरेर गरेको अन्धाधुन्ध गोली प्रहारमा परेर त्यहाँ रहेका पाहुना र कर्मचारीको ज्यान गएको बताइएको छ ।

त्यस हिंसामा परेर सात जना पुरुष र चार जना महिला मारिएका छन् । अरु केही कर्मचारीहरु घाइते पनि भएका समाचारमा जनाइएको छ ।ग्वान्जु शहरमा खासगरी कृषि पेसामा कार्यरत व्यक्तिहरुको बसोबास रहेको छ । सो शहरमा विगत लामो समयदेखि हिंसा हुदै आएको छ ।

यहाँ यस्तै आक्रमणका घटनाहरुको हिंसामा परी वर्षेनी सयौँ नागरिकको ज्यान जाने गरेको बताइन्छ । सो हिंसा कसले र के कारणले गरेको हो भन्ने विषयमा केही थाहा हुन सकेको छैन । यस दुर्घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ

सांकेतिक तस्बीर

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्