भक्तपुरका १०३ सम्पदाको पुनर्निर्माण – Kanika Khabar
Thursday, June 19Nepali News Portal

भक्तपुरका १०३ सम्पदाको पुनर्निर्माण

    मा प्रकाशित

सुबास चौलागाई
असोज १२, भक्तपुर ।
भक्तपुरको भक्तपुर नगरपालिका भित्र १०३ वटा सम्पदा पुनर्निर्माण भएका छन् । २०७२ सालको भूकम्पबाट क्षति पुगेका सम्पदाहरूको पुनर्निर्माण गरिएको हो ।
नगरपालिकाले भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुनर्निर्माण र निर्माणाधीन अवस्थाबारे विवरण समेटिएको ‘सम्पदा पुनर्निर्माण तथा जीर्णोद्वार’ नामक पुस्तक प्रकाशन पनि गरेको छ । पुस्तकमा उल्लेख भएअनुसार हालसम्म १०३ वटा सम्पदा पुनर्निर्माण सम्पन्न गर्न २४ करोड २३ लाख नौ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, ३४ वटा निर्माणाधीन सम्पदाको लागि सात करोड ५४ लाख ९९ हजार रुपैयाँ खर्च भएको जानकारी दिइएको छ ।
पुस्तकमा सम्पदाहरुको भूकम्पले क्षति पु¥याउनुअघिको फोटो, निर्माणाधीन र सम्पन्न भएपछिको फोटो राखिएका छन् । प्रत्येक सम्पदाको संक्षिप्त विवरणसहित खर्च विवरण पनि पुस्तकमा उल्लेख गरिएको छ । पुस्तक सम्पदा र संस्कृति अध्ययन गर्नेहरुका लागि उपयोगी हुने विश्वास लिइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्