पत्रकार रावलले गिट्टी कुट्ने मजदुरका माझ मनाए जन्मदिन – Kanika Khabar
Friday, March 29Nepali News Portal

पत्रकार रावलले गिट्टी कुट्ने मजदुरका माझ मनाए जन्मदिन

    मा प्रकाशित

कनिका खबर
धनगढी, असोज १२ ।
युगअस्त्र दैनिनक धनगढीका प्रकाशक तथा वातावरण संरक्षणकर्मी वीरेन्द्र बहादुर रावलले कैलालीको खुटिया खोला किनारका बिपन्न परिवारहरुलाई खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
जन्मदिनको अवसर पारेर मानिसहरुले आजभोलि फजुलको खर्च गर्ने अनि केक काटेर रमाइलो गर्ने परम्परालाई अन्त्य गर्ने सोचका साथ जन्मदिनलाई खुटिया खोलामा रहेका विपन्न महिला,बालबालिका र बृद्धबृद्धाहरुका माझ मनाएको बताएका छन् ।
तामझाम र तडक भडक गरेर जन्मदिनहरु मनाएरलाखौं रुपैया खर्च गर्ने परम्पराको अन्त्य गर्न र लोकतन्त्रमा विपन्न समुदायले भोग्नु परिरहेका समस्याहरुप्रति सरकारको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ मजदुरहरुका माझ जन्मदिवस मनाइएको कुरा पत्रकार रावलले बताए ।
जन्म दिनको अवसरमा खुटिया खोलामा बिना मास्क,स्वास्थ्य सामग्रीको प्रयोगनै नगरेर गिटट्ी कुटिरहेका महिला बालबालिका तथा बृद्धबृद्धाहरुलाई स्वास्थ्य चेतना बाँड्दै खोला किनारमा गिगट्ी कुटिरहेका ६० जनालाई मास्क,साबृुन,भुजा,चाउँचाउ र लुगा धुने सोडा लगायतका सामग्रीहरु वितरण गरिएको कुरा युगअस्त्र दैनिकका प्रकाशक रावलले बताए । यस अघिका बर्षहरुमा पनि मुक्त कमैया,बादी बालबालिका ,सुकुम्बासी क्षेत्रका अति विपन्न र अपाङगता भएका परिवारहरुका माझ पनि राहत सामग्रीहरु प्रदान गरेर जन्मदिनहरु मनाइएको पनि प्रकाशक रावलले बताए ।
पछिल्लो समयमा विकृतिका रुपमा मनाईदै आईरहेका जन्म दिनहरुलाई मानव सेवामा सर्मपित गर्दै रचनात्मक बनाएर लैजानु पर्ने सोचका साथ विपन्न वर्गका माझमा जन्म दिन मनाएको पनि प्रकाशक रावलको जोड रहेको छ । समाजमा रहेका अति विपन्न,गरिव मानिसहरुलाई सामान्य भए पनि सहयोग गर्न सकेको खण्डमा धेरै राहत मिल्ने भएकाले जन्मदिनहरुलाई सेवामुखी बनाएर लैजानु पर्नेमा रावलले जोड दिए । हरेक बर्ष असोज १० गते लाई विगत १० बर्ष देखि रचनात्मक रुपले बर्षगाँठ मनाउँदै आएको र हाल सम्म ३५० जना भन्दा बढी मानिसलाई राहत र २०० जति विरुवा रोपिएको पनि पत्रकार रावलले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्