केही स्थानमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सफा रहने – Kanika Khabar
Sunday, March 15Nepali News Portal

केही स्थानमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सफा रहने

    मा प्रकाशित

कनिका खबर
असोज १३, काठमाडौं

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको जनाएको छ । यसका साथै, हाल देशका पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । यसैगरी, दिउँसो प्रदेश नम्बर १, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । यस्तै, राती प्रदेश नम्बर १, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्