बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु  : सभामुख सापकोटा – Kanika Khabar
Monday, November 17Nepali News Portal

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु  : सभामुख सापकोटा

    मा प्रकाशित

कनिका खबर
असोज १३, काठमाडौँ ।
सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन पुगेका सुदुर पश्चिमका संघीय सांसदहरुसँगको भेटमा उनले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने धारणा राखे ।
सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेलाउनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे । बझाङबाट प्रतिनिधि सभा सदस्य आशाकुमारी विक लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्