बझाङ घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्ने – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

बझाङ घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्ने

    मा प्रकाशित

कनिका खबर
असोज १३, दाङ ।

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाबारे बुझ्न संसदीय समितिले गृहमन्त्री रामबहादुर थापालाई बोलाएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री थापालाई भोलि छलफलका लागि बोलाएको हो । भोलिको बैठकमा गृहमन्त्री थापासँग बझाङ घटनाबारे छलफल गरिन लागेको समिति सभापति शही श्रेष्ठले बताए ।
१२ वर्षीया बालिकाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको थियो । उनको शव अझै पनि जिल्ला अस्पतालमै रहेको छ । दोषीलाई कारबाहीको माग गर्दै परिवारजनले शव बुझ्न मानेका छैनन् । आज बसेको समितिका सदस्यहरुले यस विषयमा पनि छलफल गरेका थिए, यसबारे विस्तृत रुपमा छलफल गर्नुपर्ने भएपछि भोलि गृहमन्त्री थापालाई बोलाइएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्