गोविन्द केसीको जीवनरक्षाको लागि भन्दै त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले दीप प्रज्वलन गरे – Kanika Khabar
Thursday, February 13Nepali News Portal

गोविन्द केसीको जीवनरक्षाको लागि भन्दै त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले दीप प्रज्वलन गरे

    मा प्रकाशित

कनिका खबर
असोज १३, दाङ ।
चिकित्सा शिक्षा सुधारका माग राख्दै अनसन बसेका डाक्टर गोविन्द केसीको जीवनरक्षाको लागि भन्दै त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले दीप प्रज्वलन गरेका छन् ।

उनीहरुले त्रिवि शिक्षण अस्पतालको प्रवेशद्वारमा सेभ जी केसी भन्दै दीप प्रज्वलन गरेका हुन् ।

उनीहरुले डाक्टर केसी अनसन बसेको १६औं दिन भइसक्दा पनि डा केसीको मागप्रति सरकारले कुनै चासो नदिएको भन्दै सरकारलाई ब्युुझाउन र डा केसीको जीवनरक्षाको कामना गर्दै दीप प्रज्वलन गरेको नेसनल रेसिडेन्ट डाक्टर्स एसोसियसन त्रिव शिक्षण अस्पतालका अध्यक्ष डाक्टर सुभाष देवकोटाले बताए ।

डा केसीको माग सम्बोधनका लागि दवाव दिदै उनीहरुले केही दिन अघिदेखि हातमा कालो पट्टि बाधेर सेवा दिइरहेका छन् । उनीहरुले डा केसीको माग सम्बोधन गरी सरकारले डा केसीको जीवनरक्षा गर्नुपर्ने माग समेत गरेका छन् ।

विभिन्न प्रदेशहरुमा मेडिकल कलेज संचालन लगायत विभिन्न मागहरु राख्दै जुम्लाबाट भदौ २९ गतेदेखि अनसन सुरु गरेका डा केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्