ईपीएसमार्फत सन २०२० का लागि दक्षिण कोरिया जान लिइने – Kanika Khabar
Monday, November 17Nepali News Portal

ईपीएसमार्फत सन २०२० का लागि दक्षिण कोरिया जान लिइने

    मा प्रकाशित

कनिका खबर
असोज १४, दाङ ।
रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुसरमाघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिए ।

उनले सन २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सात\आठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्