दुर्घटना न्यूनीकरणका ट्राफिक प्रहरीको मुख्य ध्यान : प्रमुख जिसी – Kanika Khabar
Friday, April 19Nepali News Portal

दुर्घटना न्यूनीकरणका ट्राफिक प्रहरीको मुख्य ध्यान : प्रमुख जिसी

    मा प्रकाशित

कनिका खबर
दाङ,१४ असोज ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले ट्राफिक प्रहरीको मुख्य ध्यान नै दुर्घटना न्यूनीकरणमा हुने बताएका छन् । ५ नम्वर प्रदेश प्रहरी कार्यालय बुटवलबाट केही दिन पहिले सुरुवा भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ आएका जिसीले दाङ सडक दुर्घटना न्यूनीकरणमा ध्यान दिने बताएका हुन ।
उनका अनुसार यसआर्थिक बर्षको दुई महिनामा दाङमा भएका २९ वटा सवारी दुर्घट्नामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८४ जना घाइते भएका छन् । यो संख्या धेरै रहेको भन्दै उनले यसलाई न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रमहरुदेखि ट्राफिक नियमको कडाईमा गर्ने बताएका हुन । ‘सडक दुर्घटना न्यूनीकरणका लागि सवैभन्दा पहिले सचेतना मुलक कार्यक्रम गर्नेछौ, त्यसका लागि हामीलाई सवैको सहयोग आवश्यक रहन्छ’–ट्राफिक प्रमुख जिसीले भने–‘सचेतनामुलक कार्यक्रम गर्दापनि अटेर गरेर कारवाही गछौं ।’
उनले ट्राफिक प्रहरीले मात्रै चाहेर दुर्घटना न्यूनीकरण गर्न नसक्ने समेत बताए । भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख जिसीले ओभरलोड बोक्ने टिप्परका कारण सडकको अवस्था कमजोरसँगै दुर्घटनाको जोखिम बढाउने भन्दै यसलाई रोक्ने बताए । त्यसैगरी सहरीक्षेत्रमा ट्राफिक संकेत राख्नका लागि समेत सम्वन्धीत निकायसँग छलफल भैरहेको बताए । ‘घोराही बजारका सडकहरुमा ट्राफिक संकेत राख्ने विषयमा नगर प्रमुखसँग छलफल भएको थियो,उहाँले सडक निर्माण भैरहेकाले राख्न समस्या हुने बताउनुभएको छ’–उनले भने–‘हामीले निर्माणधिन सडकमा पछि राख्ने र निर्माण भैसकेको सडकमा ट्राफिक संकेत राखौ भन्ने कुरा राखेका छौ ।’ सहरीक्षेत्रका सडकमा ट्राफिक संकेत राख्न सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको आशा छ ।
कार्यक्रममा सहभागी पत्रकारहरुले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनीरकणमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम,प्रदेश सचिव सन्तोष दहित, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, कोषाध्यक्ष आरके सितललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता उत्तम जिसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्