रित्तिएका खाद्यान्न गोदाम भरिदै – Kanika Khabar
Sunday, March 15Nepali News Portal

रित्तिएका खाद्यान्न गोदाम भरिदै

    मा प्रकाशित

कनिका खबर
असोज १४, मुगु
हिमाली जिल्ला मुगुका रित्तीएका डिपोहरुमा खाद्यान्न भरिन थालेका छन् । नेपाल खाद्य संस्थान व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुले वार्षिक कोटा खाद्यान्नको सम्झौता भई आउनु पर्ने खाद्यान्न आउन लाग्दा रित्तिएका डिपो तथा गोदामहरु भरिन थालेका हुन् । सदरमुकाम गमगढी बजार लगायत जिल्लाका डिपो तथा बिक्रि केन्द्रहरुमा रहेका गोदामहरुका लागि १९ हजार ५ सय क्न्विटल खाद्यान्न आएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड मुगुका कार्यालय प्रमुख कर्ण बहादुर रावलले बताउनु भएको छ । उहाँका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ लागि मुगुमा १९ हजार ५ सय क्न्विटल खाद्यान्न ठेकेदार सँग सम्झौता भई नेपालका विभिन्न जिल्लाका खाद्य संस्थान बाट ढुवानि प्रक्रिया तिव्र रुपमा भईरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्