अमेरिकामा राष्ट्रपति निर्वाचनको लागि बहस सुरु – Kanika Khabar
Thursday, June 25Nepali News Portal

अमेरिकामा राष्ट्रपति निर्वाचनको लागि बहस सुरु

    मा प्रकाशित

कनिका खबर
असोज १४, दाङ

अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका प्रतिद्वन्द्वी जो बाइडेन बीच बहस शुरु भएको छ । दुई उम्मेदवारबीच पहिलोपटक ओहायोको क्लिभल्याण्डबाट बहस भएको हो । ट्रम्प र बाइडेन बीचको बहस अमेरिकी अर्थतन्त्र, कोरोना भाइरसको सङ्क्रमण र सर्वोच्च अदालत लगायतका विषयमा केन्द्रित हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । हालै राष्ट्रपति ट्रम्पले कर छलेको समाचार सार्वजनिक भएको थियो । यता बाइडेनले बहस शुरु हुनुभन्दा केही घण्टाअघि आफ्नो कर विवरण सार्वजनिक गर्नुभएको थियो । दुइ प्रतिस्पर्धिका बीचमा कडा प्रतिस्पर्धा हुने अमेरिकि सञ्चार माध्यमहरुले जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्