भाइरल बन्दै लोक गायीका कलाको गीत लाहुरे – Kanika Khabar
Friday, January 23Nepali News Portal

भाइरल बन्दै लोक गायीका कलाको गीत लाहुरे

    मा प्रकाशित

दुर्गा के.सी.

असाेज १४, दाङ ।

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायिका कला लम्सालले यतिबेला समसामयिक विषयवस्तु समेटिएको गीत लाहुरे आएन झुक्यायो लिएर नेपाली लोक संगीतप्रेमी दर्शकहरु माझ आएकी छिन ।
सधै नेपाली औपचारिक पोशाकमा सजिएर आम दर्शक सामु आउने कसिलो जिउडालकी धनी लम्सालको दुरदराजका टिपिकल शब्द टिपेर गीत गाउनु छुट्टै बिशेषता हो ।
नेपाली समाज र संस्कृतिलाई पश्चिमा शैलीको संस्कृतिले गाँजिएको बर्तमान अवस्थामा गायनको माध्यामबाट नेपालको संस्कृति प्रतिको मोह देखाउनु राष्ट्रकै लागि सुनौलो कुरा हो । यसमा झनै नेपाली औपचारिक पोशाकमा सजिएर छातीमा राष्ट्रिय झण्डा अंकित पोशाक पहिरिदा कलाको राष्ट्रप्रतिको आघात माया दृष्टान्त भएको पाइन्छ ।
आफ्ना यिनै राष्ट्रप्रेमी बिशेषताहरुले आम दर्शकहरुको बिचमा लोकप्रिय बनेकी लोक तथा दोहोरी गायीका लम्साल यतिबेला नेपाली सांगीतिक बजारमा लाहुरे आएन झुक्क्यायो बोलको गीतले चर्चामा छिन ।


विभिन्न समयमा विभिन्न चर्चित गीतहरु गएर नेपाली दर्शक श्रोताको मनमुटुमा बस्न सफल गायीका लम्सालको लाहुरे आएन झुक्क्यायो गीत यतिबेला भाइरल नै बनेको छ ।
बहुचर्चित तीज गीत पातलीको अपार सफलतापछी नेपाली लोक सांगीतिक आकाशमा मगमगाएकी लम्सालको गायन जस्तै नृत्य र अभिनय क्षेत्रमा पनि दख्खलता भएकाले उनकै आवाज, नृत्य र अभिनयको संयोजनमा लाहुरे गीत चर्चामा पुगेको हो ।
हिन्दु नेपालीहरुको माहान पर्व दशैं र तिहारमा नेपालबाट प्रवासमा गएर लाहुरेको जागिर गर्ने नेपालीले घरमा बस्ने आफ्नी प्रियसीलाई घरमा आउँछु भन्दै झुक्याएको प्रसंग समेटिएको गीतले यतिबेला लाहुरेको घरमा कारुनिकता प्रदान गरिरहेको छ ।
गायिका कला लम्साल र गायक बिमल परियारको आवाजमा फरक अस्तित्व बोकेर आएको गीत ‘लाहुरे आएन झुक्कायो’ सामाजिक संजालाहरुमा यतिबेला भाइरल नै बनेको छ ।
सर्जक शिव हमालको शब्द तथा सङ्गीतमा सजिएको यो गीतमा मौसम हिमालिको निर्देशन रहेको म्युजिक भिडियोमा लोकप्रिय नायक गम्भीर बिस्ट र कला लम्सालले अभिनय गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्