आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, मर्यादित र सुखमय बनाउन राष्ट्रपतिको अपिल – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, मर्यादित र सुखमय बनाउन राष्ट्रपतिको अपिल

    मा प्रकाशित

कनिका खबर
असोज १५, दाङ ।
आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस परेको छ । यो दिवस नेपालमा पनि मनाइदैछ ।
कुनै सार्वजनिक कार्यक्रम नगरिए पनि भर्चुल छलफल गरेर मनाउन लागेको महिला बालवालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ । सन १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘महामारीमा : हाम्रो उमेर र बुढ्यौलीका कारण ज्येष्ठ नागरिकलाई गरिने सम्बोधनमा परिवर्तन ल्याउँछ ?’ भन्ने रहेको छ । नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ। अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाईसंरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक आह्वान गरेकी छिन् । उनले ३०औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले देश–विदेशमा रहेका सबै ज्येष्ठ नागरिकको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नुहुँदै आ–आफ्नो स्थानबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पु¥याउन आह्वान गरेकी छिन्  ।
सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसात् गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो, आ–आफ्नो स्थानबाट ज्येष्ठनागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पु¥याउन राष्ट्रपतिले सबैलाइ आह्वान गर्नु भएको छ । ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्न नेपालको संविधानले गरेको मौलिक हकको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने दिशातर्फ नेपाल सरकार अग्रसर रहेको छ । सामाजिक सुरक्षाको दायरालाई क्रमशः फराकिलो बनाउँदै सरकारद्वारा स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्