भारतमा १५ दिन पछि सिनेमा हल खुल्ने – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

भारतमा १५ दिन पछि सिनेमा हल खुल्ने

    मा प्रकाशित

एजेन्सी
असोज १५, दाङ ।
भारतमा दैनिक ठूलो मात्रामा कोरोना सङ्क्रमण देखिइरहेको भए पनि यही अक्टोबर १५ देखि सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क पनि खुल्ने भएका छन् ।

भारत सरकारले स्वास्थ्य सुरक्षाका केही सर्तसहित अबको १५ दिनमा ती क्षेत्र खुला गर्ने अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै भारत सरकारले विद्यालय र कलेजसमेत खोल्न अनुमति दिएको छ । तर यसबारे निर्णय गर्ने अधिकार केन्द्र सरकारले प्रदेश सरकारलाई दिएको छ । सिनेमा हल सञ्चालन गर्दा ५० प्रतिशत सिटमात्र प्रयोग गर्न अनुमति दिइएको बीबीसी हिन्दीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्