भारतमा १५ दिन पछि सिनेमा हल खुल्ने – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

भारतमा १५ दिन पछि सिनेमा हल खुल्ने

    मा प्रकाशित

एजेन्सी
असोज १५, दाङ ।
भारतमा दैनिक ठूलो मात्रामा कोरोना सङ्क्रमण देखिइरहेको भए पनि यही अक्टोबर १५ देखि सिनेमा हल, स्वीमिङ पुल र मनोरञ्जन पार्क पनि खुल्ने भएका छन् ।

भारत सरकारले स्वास्थ्य सुरक्षाका केही सर्तसहित अबको १५ दिनमा ती क्षेत्र खुला गर्ने अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै भारत सरकारले विद्यालय र कलेजसमेत खोल्न अनुमति दिएको छ । तर यसबारे निर्णय गर्ने अधिकार केन्द्र सरकारले प्रदेश सरकारलाई दिएको छ । सिनेमा हल सञ्चालन गर्दा ५० प्रतिशत सिटमात्र प्रयोग गर्न अनुमति दिइएको बीबीसी हिन्दीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्