मोवाईल चार्जमा राखेर भिडियो हेर्दै गर्दा करेन्ट लागेर मृत्यु – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

मोवाईल चार्जमा राखेर भिडियो हेर्दै गर्दा करेन्ट लागेर मृत्यु

    मा प्रकाशित
दाङ, असोज १५ ।
रोल्पा जिल्लामा एक युवाको मोवाईल चार्जमा राखेर भिडियो हेर्दै गर्दा त्यसैवाट करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्लाको सुनिल स्मृति गाउँपालका वडा नं. १ घोडागाउँ निवासी ४३ बर्षीय भरत नेपालीको मोवाईल चार्जमा राखेर भिडियो हर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
नेपाली विहीवार विहान ११ बजेतिर मोवाई चार्जमा राखेर भिडियो हर्नेक्रममा करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका थिए ।
उनलाई उपचारका लागि प्यूठान जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक शंकर खड्काले जानकारी दिएका छन् ।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्