प्रदेश अस्पताल सुर्खेतका डा. सापकोटाको कोरोनाबाट मृत्यु – Kanika Khabar
Thursday, August 27Nepali News Portal

प्रदेश अस्पताल सुर्खेतका डा. सापकोटाको कोरोनाबाट मृत्यु

    मा प्रकाशित

टेकराज केसी

असोज १५, सुर्खेत

कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा आज दिउँसो मृत्यु भएको हो ।

प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा डा. सापकोटालाई गत भदौ ३० गते कोरोना पोजेटिभ भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भदौ ३१ गतेदेखि कोभिड अस्पताल कालागाउँ बसेका सापकोटालाई थप उपचारको लागि यही असोज २ गते भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको थियो ।

उनको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको मन्त्रालयले जनाएको छ । ५८ वर्षीय डा सापकोटा ११ औं तहका सरकारी डाक्टर थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्