विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय – Kanika Khabar
Friday, August 28Nepali News Portal

विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय

    मा प्रकाशित

काठमाडौं । सरकारले बाढी, पहिरो र आगलागीजस्ता प्राकृतिक विपद्का समयमा ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले सुरक्षा निकायका जनशक्तिको सेवा सुविधामा परिमार्जन गर्ने निर्णय गरेको हो ।

विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको योगदानको कदर गर्दै सुविधा बढाउने निर्णय गरिएको हो ।

विपद् व्यवस्थापनको कामलाई अझ प्रभावकारी, छिटो र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउन आवश्यक भएकाले सेवा सुविधा परिमार्जन गरिएको प्राधिकरणले जनाएको छ ।

कार्यकारी समितिको निर्णयअनुसार सम्बन्धित सुरक्षा निकायले सेवा सुविधा परिमार्जनसम्बन्धी प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाउनुपर्नेछ। त्यसपछि सम्बन्धित मन्त्रालयले आवश्यक निर्णय गर्नेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्