भारतलाई ओली – प्रचण्डकाे संयुक्त आपत्ति पत्र – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

भारतलाई ओली – प्रचण्डकाे संयुक्त आपत्ति पत्र

    मा प्रकाशित

कनिका डेस्क
बैशाख २८, दाङ ।
नेपाल र भारतबीच यतिबेला वक्तव्य जुहारी चलेकाे छ । शुक्रबार भारतले तिब्बतकाे मानसरोवर पुग्ने बाटाेकाे उद्घाटन गरेपछि उठेकाे विवादले बिस्तारै चर्काे रूप लिन थालेकाे छ ।

भारतले लिपु लेक मिचेर तिब्बत जाने बाटाे बनाएकाे खबरले भारतकाे विरोध मात्र हाेइन नेपाल सरकारकाे अालाेचना समेत भयाे । देशका विभिन्न स्थानमा विरोध जुलुस मात्र निस्किएन भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला समेत जलाईयाे ।

देशभित्र सरकारकाे तीव्र अालाेचनासहित विराेध हुन थालेपछि परराष्ट मन्त्रालयले एक विज्ञप्ति जारी गरी अापत्ति जनायाे । तुरून्तै भारतकाे विदेश मन्त्रालयले नेपालकाे भूमि नमिचेकाे जवाफ पत्र पठायाे
यसैबिच भारतले लिपुलेकमा नेपाली सीमामा सडक बनाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।

सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको नेकपा अध्यक्षद्वयले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेकपाका तर्फबाट जारी विज्ञप्तिमा सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन भनिएको छ ।
दुईदेशवीचको सीमा समस्या समाधानका लागि दुई देशका सरकारवीच भइरहेका प्रयासलाई नेकपाले समर्थन गर्ने बताउँदै यो ससस्या समाधानका लागि दुबै देशका सरकारहरुले तत्काल पहल थाल्नुपर्ने नेकपाले बताएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्