कोरोनाविरुद्धको खोप आएपछि नेपालमा जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्ने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोरोनाविरुद्धको खोप आएपछि नेपालमा जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्ने

    मा प्रकाशित

कनिका खबर
असोज १६, दाङ ।
कोभिड १९ को महामारीमा मुक्त हुनका लागि विश्वका बैज्ञानिक यतिबेला खोपको आविष्कार र प्रयोगमा व्यस्त रहेका छन् । विभिन्न देशमा खोपको निर्माण भइरहेको र प्रयोग पनि भइरहेको बताइएको छ । नेपालमा पनि कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप प्रयोगमा ल्याउने प्रयास भइरहेको छ । नेपालमा कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप आए पनि पनि त्यसको प्रभाव देखिन कम्तिमा ६ महिना लाग्ने वैज्ञानिकहरूले बताएका छन् ।

कोरोना भाइरस महामारीको एक मात्र विकल्पका रुपमा खोपलाई लिइरहँदा नेतृत्वदायी वैज्ञानिकहरुको समूहले खोपको प्रभावकारी प्रयोगमा आएको कम्तिमा ६ महिनाअघि जनजीवन सामान्य नहुने चेतावनी दिएको हो ।

२०० भन्दा बढी खोप निर्माणको चरणमा रहेको तथा ४० भन्दा बढी खोप परीक्षणको विभिन्न चरणमा रहेकाले छिट्टै महामारी नियन्त्रणमा सफलता मिल्ने विश्व स्वास्थ्य संगठनले जनाउँदै आएको छ ।

तर, खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

इम्पेरियल कलेज लण्डनको नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्युडकी डा।फिओना कलीका अनुसार महामारी अन्त्यका लागि खोपसँग ठूलो आश भए पनि खोप विकासका चरणमा विगतमा भएका धेरै असफलताहरु पनि बिर्सन मिल्दैन ।

‘खोप विकास भएपछि प्रयोगमा आएको महिना दिन भित्रै सबैले लगाउन पाउँछन् भन्ने हुँदैन,’ इम्पेरियल कलेज लण्डनकी केमिकल इन्जिनियरिङ्ग विभाग प्रमुख निलय शाहले भने, ‘खोप लगाउने प्रक्रिया पूरा हुनका लागि ६ महिनादेखि एक वर्षसम्म लाग्छ । त्यसैले आउँदो मार्चमा जनजीवन सामान्य अवस्थामा फर्किने सम्भावना छैन ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्