कनिका खबर
असोज १६, काठमाडौं
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीबाट विभाजित भएर गएका कम्युनिष्ट घटकलाई एकतामा आउन आग्रह गर्नुभएको छ । पार्टी कार्यालय धुम्बाराहीमा हिजो आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अहिलेको सन्दर्भमा एकता नै बल भएकाले विभाजित भएकालाई नेकपामै समाहित हुन आह्वान गर्नुभएको हो । प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई एक भएर अघि बढ्न सुझाव दिनुभयो । कम्युनिष्ट आन्दोलनलाई अझ बलियो बनाउने भन्ने कुरा आफ्नै काँधमा रहेको भन्दै प्रचण्डले नेकपा नेतृत्वले समाजवाद निर्माण गर्ने आधार तयार पारिरहेको दाबी गर्नुभयो ।
मा प्रकाशित


