बाजुराको कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता – Kanika Khabar
Thursday, April 18Nepali News Portal

बाजुराको कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता

    मा प्रकाशित

कनिका खबर
असोज १६, बाजुरा
बाजुराकोे हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उहाँकी ३ छोरी र १ छोरा रहेका छन् । आज दिउसोँ खोलामा नुहाउन गएका बेला छोराछोरी सहित आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताउनुभयो । बेपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली उहाँकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोषी नेपाली बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेको प्रहरी निरीक्षक ठगुन्नाले बताउनुभएको छ । उनहिरु कसरी डुबेका हुन भन्ने बिषयमा बिस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सो खोलामा हरेक बर्ष ५ ÷ ६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन् । बेपत्ता भएकाहरूको अहिले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्