कनिका खबर
असोज १६, रौतहट
रौतहटमा धार्मिक विवाद भएको भन्दै धार्मिक विवाद समाधानका लागी धार्मिक सदभाव समिति गठन गरिएको छ । विगतका दिनहरुमा रौतहटमा हिन्दु र मुस्लिम समुदायबिच धार्मिक परम्परा निर्वाह गर्ने क्रममा विवाद सिर्जना हुदै आएको भन्दै धार्मिक सम्प्रदाय बिच सदभाव कायम गर्न र धार्मिक विवाद समाधानका लागी एक बिशेष धार्मिक सदभाव समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले एक सुचनामार्फत अन्य विभिन्न ६ ओटा निर्णय समेत पारित गरिएको जनाएको छ । रौतहटका विभिन्न धर्म मान्ने धार्मिक गुरु र अगुवाहरुको गठित समितिले सबै धर्मका धार्मिक कार्यक्रममा एकै स्थानमा जम्मा भइ सामाजिक सदभावको सन्देस दिने , धार्मिक क्रियाकलाप गर्दा सबैसंग सहजीकरण गर्ने, धार्मिक कार्यक्रमहरु सञ्चालन गर्दा सामान्य स्पिकर माइकको प्रयोग गर्ने , डिजे प्रयोग नगर्ने , धार्मिक कार्यक्रम विथोल्न खोज्ने वा बाधा पुर्याउन खोज्नेलाई सबै धार्मिक समुदायका ब्यक्तिले पहिचान गरि प्रस्तावित कानुन बमोजिम कारवाही गर्नमा सहयोग गर्ने लगायतका विभिन्न प्रस्ताहरु समेत निर्णय गरिएको छ ।
मा प्रकाशित


