अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी श्रीमतीलाइ कोरोना सङ्क्रमण – Kanika Khabar
Friday, January 23Nepali News Portal

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी श्रीमतीलाइ कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
असोज १६, दाङ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएको छ । आज बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिनुभएको हो । कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि उहाँले जानकारी दिनुभएको छ । हिजो बेलुका राष्ट्रपति ट्रम्प र प्रथम महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको राष्ट्रपति ट्रम्पका फिजिसियन डाक्टर सिन कोन्लेले जानकारी दिनुभएको छ । अमेरिकामा मात्रै कोरोनाका कारण २ लाख १२ हजार ६ सय ६५ जनाको मृत्यु भएको छ । अमेरिकामा हाल सम्म ७४ लाख ९५ हजार मानिसहरु सङ्क्रमित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्