प्रदेश सरकारले दाङलाई स्थायी राजधानी घोषणाका लागि गरेको निर्णयको स्वागतयाेग्य : न्याैपाने – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रदेश सरकारले दाङलाई स्थायी राजधानी घोषणाका लागि गरेको निर्णयको स्वागतयाेग्य : न्याैपाने

    मा प्रकाशित

कनिका खवर
असाेज १६, दाङ ।
नेपाल महिला संघकाे केन्द्रीय सदस्य, मंगलादेवी स्मृति प्रतिष्ठान प्रदेश नं. ५ काे संयाेजक तथा राष्ट्रिय सभा सदस्य उम्मेदवार गिरिजादेवी न्याैपानेले पाँच नम्बर प्रदेश सरकारले दाङ देउखुरी क्षेत्रलाई स्थायी राजधानी घोषणाका लागि गरेको निर्णयको स्वागत गरेकी छन् ।
न्याैपानेले सरकारकाे याे निर्णयकाे स्वागत गर्दै दाङवासीका लागि मात्र नभएर सिङ्गो ५ नम्बर प्रदेशवासीका लागि न्यायाेचित निर्णय गरेकाे बताइन् । उनले भनिन्, ` दाङकाे चाैतर्फी विकासका लागि जीवनभर लागिपर्नुभएका स्व. खुमबहादुर खड्काकाे चाहनाले न्याय मात्र पाएन उहाँकाे सपना पनि साकार भएकाे छ ।´

सरकारले सिंगो प्रदेशको जनभावनालाई बुझेर गरेको यो निर्णयले प्रदेशका नागरिकको उचित सम्मान गरेको उल्लेख गरेकाे पनि उनले बताइन् । प्रदेशका सबै जिल्लाको केन्द्र बिन्दुका रुपमा रहेको दाङ प्रदेशका हरेक जिल्लाका लागि पायक पर्ने भन्दै यो उपयुक्त निर्णयका लागि प्रदेश सरकारप्रति अाभार समेत प्रकट गरिन् ।
साथै सरकारले संसदमा पेश गरेको यो प्रस्ताव छिट्टै पास हुनेमा उनले आशा व्यक्त समेत गरेकी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्