प्रदेश राजधानी प्रस्तावित क्षेत्रको जग्गा किनबेच तथा कित्ताकाट रोक्का – Kanika Khabar
Friday, April 26Nepali News Portal

प्रदेश राजधानी प्रस्तावित क्षेत्रको जग्गा किनबेच तथा कित्ताकाट रोक्का

    मा प्रकाशित

कनिका खबर
असोज १७, दाङ ।
प्रदेश नं. ५ को स्थायी राजधानीको क्षेत्र प्रस्तावसँगै त्यस क्षेत्रमा हुने जग्गाको चलखेललाई रोक्नका लागि जग्ग किनबेच तथा कित्ता काट अनिश्चितकालका लागि रोक्का गरिएको छ । प्रदेश ५ को राजधानी दाङको भालुबाङलाई केन्द्र बनाउने र लम्बिनी प्रदेश नाम रहने गरी प्रस्ताव गरिएको छ ।

प्रदेश मन्त्रिपरिषद बैठकले दाङ जिल्लाको राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाका वडा नं. ८ र ९ मा जग्गा कारोबार रोक्का गर्ने निर्णय गरेको हो ।

प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदीले अर्को आदेश नभएसम्मका लागि ती क्षेत्रमा जग्गाको किनबेच र कित्ताकाट रोक्का गरिएको जानकारी दिए । मन्त्रिपरिषद बैठकले दाङ र अर्घाखाँचीका मालपोत कार्यालयलाई जग्गाको किनबेच र कित्ताकाट रोक्न पत्राचार गरिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्