प्रेम सम्बन्धको आरोपमा महिलालाई यातना, श्रीमानको अगुवाईमा गाउँलेले गरे अमानवीय व्यवहार – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रेम सम्बन्धको आरोपमा महिलालाई यातना, श्रीमानको अगुवाईमा गाउँलेले गरे अमानवीय व्यवहार

    मा प्रकाशित

नवराज महतारा
असोज १७, हुम्ला ।
सुन्दा पनि निकै कहाली लाग्ने क्रुर घटना हिमाली जिल्ला हुम्लामा घटेको छ ।झट्ट सुन्दा पनि कहाली लाग्ने गरी आप्mनै श्रीमानको अगुवाईमा गाउँका सबैजम्मा भएर एक किशोरीलाई दिसा खुवाएका छन् । ४ वर्षको छोरा र २ वर्षकी छोरीकी आमा ति किशोरीलाई गाउँकै देवर नाता पर्ने किशोरसँग सम्बन्ध राखेको आरोपमा दिसा खुवाउनुका साथै कपाल मुण्डन गरिएको हो । जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको वडा नम्बर ७ ओख्रेनकी एक २३ वर्षिया किशोरीलाई देवर नाता पर्ने गाउँकै किशोरसँग सम्बन्ध राखेको आरोपमा गाउँलेले शुक्रबार दिउँसो एकै स्थानमा जम्मा भएर दिसा खुवाएका हुन् ।
आप्mनै छिमेकमा घर भएका देवर नाता पर्ने गाँदीराज शाहीसँगको टेलिफोनको कुराकानीलाई शारीरिक सम्बन्धका आधारमा लिएपछि जीन्दगीभर जीवन बिताउने कसम खाएका श्रीमान् धनबहादुरशाहीकै अगुवाईमा ती किशोरीलाई मरणासन्न हुने गरेर कुटपिट गर्नुका साथै कपाल समेत काटिएको छ । “शुरुमा ल्याएर दिसा खुवाए त्यसपछि सबैको अघि मेरो लामो कपाल काटे, जिल्ला प्रहरी कार्यालयको शरणमा पुगेकी ती पीडित किशोरीले भनिन्, गाउँकै देवर पर्नेसँग फोन कुरा गरेकै आधारमा मेरो यस्तो हालत भयो ।”
कपाल काटेपछि टाउँकोमा कपडा बेरेर बसेकी शाहीले गाउँका सबैले एकै ठाउँमा बोलाएर कालोमसो लगाउने, निर्घात कुट्नेदेखि हात खुट्टा बाँध्नेसम्मका काम गरेको बताइन् । १७ वर्षकै उमेरमा आमाबाबुलाई छोडेर आएको ६ वर्षको वैवाहिक जीवनमा पहिलो पटक घटेको क्रुर घटनाको कारण भने समान्य थियो । शुक्रबार बिहान ८ बजेबाट किशोरी र उनसँग सम्बन्ध भएको भनिएका किशोरलाई अपरान्ह २ बजे सुरक्षाकर्मीको टोली नआउञ्जेलसम्म गाउँलेले अमानवीय व्यवहार गर्दै यातना दिए । केही गाउँलेले भने ज्यान जोगाउनुपर्छ भन्दै धारापोरी प्रहरी चौकीमा खबर गरे ।
प्रहरीको टोली पुग्दा दुवैजना मरेतुल्य मात्रै थिएनन्, अनुहार भरी कालो मोसो दलिएको, गलामा जुक्तीको माला लगाइएको र किशोरीका अधिकांश कपाल काटेर मुडुलो बनाइ हातखुट्टा बाँधेर लडाएको अवस्थामा भेटे । घटनाको खबर थाहा पाउने बित्तिकै धारोपोरी प्रहरी चौकीको टोली आएपछि दुवै जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
उद्धार गरेर पीडित किशोर र किशोरीलाई सदरमुकाम सिमकोटमा ल्याएको प्रहरीले त्यस्तो अमानविय कार्यमा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रकाश सुवेदीले पीडितहरूलाई आफूहरूको संरक्षणमा राखिने र घटनाको बारेमा अनुसन्धान गरी दोषीलाई कडा कारबाही हुने बताए । दोष भएपनि त्यसलाई कारबाही गर्ने कानून हुँदा हुँदै आफैंले कानून हातमा लिएर मनपरी गर्नु राम्रो नभएको भन्दै प्रहरी प्रमुख सुवेदीले घटनाको थप अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने बताएका छन् । घटनामा संलग्नताका आधारमा शुरुमा श्रीमान् सहित ८ जनालाई नियन्त्रणमा ल्याएको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयले सोधपुछपछि आवश्यक परे अन्यलाई पनि पक्राउ गर्न सकिने जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्