अत्यावश्यक कार्यालय मात्र सञ्चालन हुने, के के पर्दछन् अत्यावश्यकभित्र ? – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अत्यावश्यक कार्यालय मात्र सञ्चालन हुने, के के पर्दछन् अत्यावश्यकभित्र ?

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २८, दाङ ।
आजबाट सरकारी कार्यालयहरु सञ्चालनमा आउने भन्ने प्रकाशन÷ प्रसारण भएका केही समाचारले आम नागरिकमा केही अन्यौलता थपेको छ । आइतबारदेखि सरकारी कार्यालय खुलने कुरामा कुनै सत्यता नरहेको प्रधानमनत्री तथा मन्त्रीपरिषद्को कार्यालयले शनिबार नै स्पष्ट पारिसकेको छ । बुधबार बसेको मन्त्री परिषद्को बैठकले आजबाट अत्यावश्यक सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय खोल्ने निर्णय गरेको हो । दैनिक जीवन सहज बनाउन भन्दै सरकारले आजदेखि अत्यावश्यक सेवाका कार्यालय खोल्ने निर्णय गरेको हो । एक तिहाई कर्मचारीले काम गर्ने गरी अत्यावश्यक कार्यालय र संस्थानहरु खुलेका छन् ।

सरकारी कार्यालयहरु सञ्चालनमा आउने भन्दैमा सबै कार्यालयहरु खुल्ने छैनन् । मन्त्री परिषद्को निर्णय अनुसार स्वास्थ्य उपचारका सेवा र कार्यालय, दमकल सेवा, दूरसञ्चार, बिजुली, पानी वितरण गर्ने, ढल तथा सरसफाइका सेवा कार्यालय मात्र खुलेका हुन् । यी निकायलाई सरकारले अहिलेको अवस्थामा अत्यावश्यक कार्यालयका रुपमा राखेको छ ।

मन्त्री परिषदको निर्णय अनुसार बैंक तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सहकारीमार्फत अतिआवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गरिने छ भने अतिआवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा आवश्यक तोकिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुसरण गरी सञ्चालन गरिने छ ।

दाङको हकमा के रहेको छ ?
दाङ जिल्लामा पनि न्यूनतम कर्मचारीको सहयोगबाट अत्यावश्यक सेवा प्रदान गरिने भएको छ । शनिबार बसेको जिल्ला सुरक्षा समिति र कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले विकास निर्माणका कार्यहरु, खाद्यान्न, तरकारी, फलफूल तथा बीउविजनका कार्यहरुलाई मापदण्ड अनुसार सञ्चालन हुन दिने निर्णय भएको दाङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम सीले कनिका खबरलाई बताए ।

मन्त्री परिषद्को बैठकले अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरु सञ्चालनमा लिन आवश्यक रहेको बताएको थियो । नेपाल राजपत्रमाअ नेपाल राजपत्रमा अत्यावश्यक सेवा भनेर सेवा प्रदान गर्ने निकायलाई छुट्याइएको पनि छ ।
नेपाल राजपत्रमा निम्न अनुसारका अत्यावश्यक सेवा उल्लेख छ–
– अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्रीवितरणसम्बन्धी
– सेवा सञ्चार सेवा डाँक, तार वा टेलिफोन सेवा
– जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा हवाई अड्डा वा त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा हवाई ग्राउण्ड
– रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
– प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा
व्यवस्थाको कुनै सेवा आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
– खानेपानीको सञ्चालन तथा वितरण सेवा पर्यटन आवास,
– होटल, रिसोर्टसम्बन्धी सेवा
– पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
– फोहरमैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
– बैंकिङ सेवा
– बीमा सेवा
– विद्युत् सेवा
– दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा ।
यद्यपि नेपाल सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि भन्दे आउँदो जेठ ५ गतेसम्म लकडाउन गरेको छ । त्यस्तै सीमा नाका र अन्तर्र्रािष्ट्रय उडान तथा अवतरण पनि जेठ १८ गते मध्यरातिसम्म अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्