एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि – Kanika Khabar
Monday, September 21Nepali News Portal

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

    मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ । केन्द्रीय कमिटी बैठक आजदेखि ७ गतेसम्म ललितपुरको भैँसेपाटीमा बस्दै छ ।

आइतबार बसेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गर्दै आजको केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

एमालेको १०औँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदनलाई पनि अनुमोदन गरेको छ ।

उपाध्यक्ष तथा कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव पोखरेलले तयार पारेका प्रतिवेदनलाई एकीकृत गरी अन्तिम रूप दिइएको हो । प्रतिवेदनमा रहेको ‘तत्काल पुनर्गठन’ भन्ने शब्द भने हटाइएको बताइएको छ ।

केन्द्रीय कमिटी बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नेलगायत सचिवालयबाट प्रस्तावित विषयमा छलफल गर्ने बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्