शान्तिसुरक्षामा तुलसीपुर शशस्त्र बेसक्याम, आपराधिक घटना छिप्न छिपाउ नै मुस्किल – Kanika Khabar
Thursday, April 25Nepali News Portal

शान्तिसुरक्षामा तुलसीपुर शशस्त्र बेसक्याम, आपराधिक घटना छिप्न छिपाउ नै मुस्किल

    मा प्रकाशित

शरद रेग्मी
दाङ, असोज १८


इलाका प्रहरी कार्यालय तुलसीपुरको स्तरोन्नति भएसँगै जनस्तरबाट स्रोत खोजेर लाखौको संरचनासहित स्थापना भएको तुलसीपुरको शसस्त्र प्रहरी वेसक्याम्पको स्थापना भएसँगै तुलसीपुरमा शान्ति सुरक्षाको थप अनुभुति भएको छ । आपराधिक क्रियाकलाप, लागुऔषध दुव्र्यसनी एवं नदीजन्य तथा वनजन्य उपजहरुको अबैध चोरी निकासीका कुनै पनि घटना छिप्न र छिपाउने प्रयास समेत मुस्किलको अवस्थामा छन् ।
सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्प पछिल्ला दिनहरुमा पश्चिम दाङको शान्ति सुरक्षा कायम गर्न लागि परेको छ । रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष हेमराज धितालको जसपुरमा हत्या भएपछि स्थानीय तुलसीपुर उधोग बाणिज्य संघ र यस क्षेत्रका आम नागरिकहरुको चाहना अनुसार प्रहरी निरीक्षकको कमान्डमा विशेष गरी पश्चिम दाङको शान्ति सुरक्षा, अबैध चोरी निकासी र तस्करलाई नियन्त्रण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको थियो ।
यता बेस क्यामको प्रमुखको रुपमा प्रहरी निरीक्षक टेकराज पोख्रेल सरुवा भएर आएको पछिल्लो तिन महिनामा यी छिप्ने छिपाउने खालका कुनै पनि गतिविधि हुन पाएका छैनन् । राजनीतिक दलका नेताहरुको दवावमा कुनै घटनालाई छिपाउन चाहंदैनन् टेकराज । ‘हामी कसैको दवाव र प्रभावमा रहने अवस्था रहंदैन, राज्यले दिएको शान्ति सुरक्षाको अधिकारका लागि हामी आफ्नो कर्तव्यपथमा सधै शीर उठाएर अघि बढिरहने छौं’—टेकराज भन्छन् । उत्कृष्ट कार्य सम्पादन गरेर संगठनको नाम अझ माथि उठाउने कार्यमा संगठन सदैव लागिरहने उनको अभिव्यक्ति थियो ।
तिन महिनामा अबैध गिट्टी बालुवा चोरी निकासी गर्दै गर्दा स्थानीय विभिन्न खोलाहरुबाट करिब ९ वटा ट्रयाक्टरहरु नियन्त्रणमा लिएर २ लाख २५ हजार राजश्व तुलसीपुर उपमहानगरपालिकामा जम्मा गरेको छ । त्यस्तै लकडाउन कार्यान्वयन गराउन समेत ईलाका प्रहरी कार्यालयसँगको सहकार्या महत्वपूर्ण भुमिका खेलेको सशस्त्र प्रहरीले प्रदेशको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पनि महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरुले महसुस गरेका छन् ।
पछिल्लो समयमा तुलसीपुर सशस्त्र प्रहरी बेस क्याम्पको प्रहरी प्रमुखको भूमिकामा सरुवा भएर आए लगत्तै धेरै सकारात्मक र प्रशंसायोग्य कामहरु भएको तुलसीपुरबासीले पनि महसुस गरेका छन् । व्यवसायिक सुरक्षादेखि अबैध काठ तस्करी र वनजन्य एवं नदीजन्य पदार्थको उत्खनन् र ओसारपसारमा पनि सशस्त्र प्रहरीको निगरानी प्रशंसायोग्य रहेको तुलसीपुरबासीको अनुभुति रहेको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले बताए ।
‘हामीले उपमहानगरपालिकाबाट थोरै बजेटको ब्यबस्था मिलाएर कार्यालमा पानी ट्यांकीको व्यवस्थापनसँगै गेट निर्माण गरेका छौ, अब छिट्टै थप बजेट बिनियोजन गरेर आवश्यकताको आधारमा निर्माणको काम अगाडि बढाउने सोच बनाएका छौं’—तुलसीपुर उपमहानगरपालिका प्रमुख पाण्डेले भने । बेस क्याम्पमा आयोजित बृक्षारोपण र कार्यालय निरीक्षणको क्रममा मेयर पाण्डेले तुलसीपुर सशस्त्र प्रहरी वेस क्याम्पलाई अझै स्तरोन्नति गर्दै सुविधा सम्पन्न गर्न उपमहानगरपालिका लागिरहने पनि बताए ।
स्रोत साधनको अभावका बिच दिनहँु शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको सहयोगका लागि तुलसीपुर उद्योग बाणिज्य संघ लागिपरेको संघका अध्यक्ष बिरबहादुर रावतले बताए । ‘विभिन्न समयमा हामीले जति सक्यो सहयोग गर्दै आएका छौ आगामी दिनमा पनि हामी सँगसँगै छाँै अध्यक्ष रावतले भने ।’
स्थानीय प्रहरी निरीक्षक पोख्रेल सरुवा भएर आए लगत्तै दैनिक कामकाजमा समेत सहज भएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले बताए । वडा कार्यालयका बिकट क्षेत्रहरुमा सशस्त्र प्रहरी परिचालन भए लगत्तै यस क्षेत्रको शान्ति सुरक्षामा समेत सुधार आएको समेत अध्यक्ष ढकालले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्