बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ११७ कोरोना संक्रमित थपिए – Kanika Khabar
Friday, April 19Nepali News Portal

बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ११७ कोरोना संक्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
असोज १७, काठमाडौं

बितेको २४ घण्टाको अविधमा काठमाडौँ उपत्यकामा १ हजार ११७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै काठमाडौँ जिल्लामा मात्र १ हजार १ सहित उपत्यकामा १ हजार ११७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

काठमाडौँमा ४०५ महिला र ५९६ पुरुषसहित १ हजार १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भक्तपुरमा ३५ महिला र ३२ पुरुषसहित ६७ जनामा कोरोना संक्रमण भएको छ ।

ललितपुरमा ४७ महिला र ६२ पुरुषसहित १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरि बितेको २४ घण्टामा २ हजार १२० संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।

एकैदिन २ हजार ४४ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ ।

अहिले २१ हजार ३०२ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार ४ हजार २७३ जना क्वारेन्टिनमा छन् भने २१ हजार ३०२ जना आइसोलेसनमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्