धनुषामा बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको आरोपमा सदा पक्राउ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

धनुषामा बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको आरोपमा सदा पक्राउ

    मा प्रकाशित

श्रीकान्त झा
असोज १८, जनकपुरधाम ।
धनुषामा बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको आरोमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले दिएको जानकारी अनुसार धनुषाधाम नगरपालिका ५ किसानपुरमा मृत फेला परेका ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरिएको पाइएको हो ।
शुक्रबार किसानपुरका रामेश्वर सदाका ५ वर्षीय छोरा रुपेश सदाको कृषि इँटा उद्योग परिसरमा पात पतिङ्गरले छोपेको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले सबैला नगरपालिका ७ का २२ वर्षीय रामबहादुर सदालाई पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका सदाले ती बालकलाई अप्राकृतिक मैथुन गरी हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । ती बालकलाई चकलेट र विस्कुटको प्रलोभन देखाएर बिहिवार नै नातामा भिनाजु पर्ने सदाले माछा मार्न इँटा उद्योगमा लगेका र त्यही अप्राकृतिक मैथुन गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सदामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्