केन्द्रीय सदस्यमा कोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक २५ गतेसम्म स्थगित – Kanika Khabar
Friday, March 29Nepali News Portal

केन्द्रीय सदस्यमा कोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक २५ गतेसम्म स्थगित

    मा प्रकाशित

कनिका खबर
असोज १८, दाङ ।
नेपाली काँग्रेसका ७ केन्द्रीय सदस्यमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि भोलिका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेसम्मका लागि स्थगित गरिएको छ । भोलिको बैठक असोज २५ गते बस्ने गरी स्थगित गरिएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेले एक विज्ञप्ति मार्फत जानकारी दिएका हुन् ।

पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पिसिआर परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठमा कोरोना सङ्क्रमण देखिएको हो । यस्तै अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्ति तथा काठमाडौं बाहिर परीक्षण गराएका केन्द्रीय सदस्य– रमेश रिजाल र अजयकुमार चौरसियामा पनि कोरोना पुष्टि भएको पौडेलले जानकारी दिए ।
कोभिड—१९ सङ्क्रमण देखिएकोले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते दिउसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २ बजेका लागि निर्धारित गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्