आजका लागि बोलाइएको काँग्रेस केन्द्रीय समितिको बैठक स्थगित – Kanika Khabar
Friday, September 11Nepali News Portal

आजका लागि बोलाइएको काँग्रेस केन्द्रीय समितिको बैठक स्थगित

    मा प्रकाशित

कनिका खबर
असोज १९, काठमाडौं
नेपाली काँग्रेसका केही नेतामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । काँग्रेस केन्द्रीय कार्यालयमा यही असोज १५ गते गरिएको पिसिआर परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जङ्गीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलगायत अन्य नेतामा पनि सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँ बाहिर परीक्षण गराएका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजयकुमार चौरसियामा पनि कोरोना सङ्क्रमण पुष्टि भएकाले आजका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सीआईएनलाई जानकारी दिनुभयो । काँग्रेस केन्द्रीय समितिको आगामी बैठक यही असोज २५ गते दिउँसो २ बजेका लागि सारिएको उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्