बैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता वितरण तत्कालका लागि बन्द – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता वितरण तत्कालका लागि बन्द

    मा प्रकाशित

कनिका खबर
असोज १९, काठमाडौं
बैदेशिक रोजगार बोर्डले अर्को सूचना नभएसम्मका लागि आर्थिक सहायता दिन बन्द गरेको छ । बोर्डको सचिवालयमा कार्यरत ३ जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण भएपछि सङ्क्रमण फैलिन नदिनका लागि अर्को सूचना जारी नभएसम्मका लागि सचिवालयबाट दिइने आर्थिक सहायतसम्बन्धी सेवा बन्द गरिएको बोर्डले जनाएको हो । सचिवालयबाट प्राप्त हुने आर्थिक सहायताका लागि सम्बन्धित व्यक्तिलाई आवश्यक कागजातसहित स्थानीय तहमा निवेदन दिइ स्थानीय तहले बोर्डको सचिवालयमा विवरण पठाएमा सम्बन्धित व्यक्तिको बैंक खातामा भने आर्थिक सहायता उपलब्ध गराइने बोर्डका निर्देशक एवम सूचना अधिकारी दिनबन्धु सुवेदीले सीआइएनसँग बताउनुभयो । अत्यावश्यक सेवा अन्तरगत गरिने शव ढुवानीको काम भने जारी रहेको छ । थप जानकारी का लागि श्रम कल सेन्टरको ११४१ नम्बरमा सम्पर्क गर्न पनि बोर्डले आग्रह गरेको छ । तर कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको बैदेशिक रोजगार कार्यालय, काठमाडौंले भने आजदेखि सेवा सुचारु गर्ने भएको छ । सावधानी अपनाएर सिमित सेवा सञ्चालन गरिने बैदेशिक रोजगार कार्यालय काठमाण्डौँले जनाएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्