सिमा विवाद अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा एकपटक सोच्नुपर्ने : प्रचण्ड – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सिमा विवाद अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा एकपटक सोच्नुपर्ने : प्रचण्ड

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २८,दाङ ।
लिपु लेक विवादका विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको पनि संलग्न भएको बताएका छन् । यो विवाद समाधानका लागि चीनसँग पनि छलफल गर्नु पर्ने बताएका छन् । यो विवादलाई अन्तराष्ट्रिय अदालतमा लैजानुपर्ने आवाज उठिरहेको बेला अझै यो अवस्था आएको हो कि होइन भनेर एक पटक सोच्नु पर्ने रहेको बताए । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् ।
‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो, कालीनदीको सम्पूर्ण पूर्वनेपाल हो पश्चिम भारत हो भन्न्ने कुरा स्पष्ट पार्दै यो समस्या समाधानको निम्ति राजनीतिक कुटनीतिक हल गर्नुपर्छ जे भनेको थियो’ प्रचण्डले भने ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ । यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ । भारत चीनको सम्झौता सहमति भएको हुनाले चीन पनि संलग्न भएको छ ।’

भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि गत वर्ष नै गरिएको सर्वदलीय र सर्वपक्षीय बैठकले राष्ट्रिय सहमतिको वातावरण निर्माण गरेको भन्दै प्रचण्डले त्यो बैठकले प्रधानमन्त्रीलाई ठूलो तागत दिए पनि ठोस रुपमा पहल हुन नसकेको बताएका छन् ।

कालापानीमा भारतीय सेना झण्डै ६० ÷ ६५ वर्ष पहिल्यैदेखि बसिराखे पनि यो समस्या समाधानका लागि किन विगतदेखि नै पहल हुन सकेन भन्ने विषयमा विश्लेषण हुनुपर्ने प्रचण्डले बताए । यस विषयमा पञ्चायतको पालादेखि अहिलेको सरकारसम्मले के गरे भन्ने पनि समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्