प्रदेश राजधानीको बिषयलाइ लिएर प्रदेशसभामा तनाब – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्रदेश राजधानीको बिषयलाइ लिएर प्रदेशसभामा तनाब

    मा प्रकाशित

कनिका खबर
असोज १९, वुटवल
प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयलाइ लिएर बैठकमा तनाब भएको छ । आज बसेको बैठकमा बैठकमा दाङलाइ राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने सरकारको प्रस्ताबमा सभामुखले छलफल अगाडी बढाएपछि विपक्षी दल काँग्रेसले बिरोध गरेका थिए । बिरोधकै बाबजुद सभामुख पूर्णबहादुर घर्तिले छलफल अगाडी बढाउनुभयो । र काँग्रेस सांसदहरुले सभाको कुर्सी, टेबुल तोडफोड गरेका छन् । १ बजे सुरु भएको बैठक विरोध भएपछि स्थगित भएको थियो । दुई घण्टासम्म पनि कुनै सहमति नभएपछि दोस्रो पटक पनि सुरु भएको बैठकमा काँग्रेसले पुनःअवरुद्ध गरेको थियो । तर, सभामुखले बैठक निरन्तरता दिएपछि कांग्रेसले तोडफोड गरेको हो । प्रदेशसभाको सोमबारको बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजी गर्दै तोडफोड गरेका हुन् । मन्त्री केसी प्रस्ताव पेस गर्नका लागि रोष्ट्रममा जाने क्रममा धक्कामुक्की गरेका सांसदहरूले प्रस्ताव पेश गर्ने क्रममा कुर्सीले टेबुल र माइकमा तोडफोड गरेका हुन् । बैठक भोलि बस्ने गरी स्थगित भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्